Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युरोपकै सबैभन्दा ठूलो जापोरिझ्या आणविक केन्द्रको अनुगमन गर्दै संयुक्त राष्ट्रसंघ

    युरोपकै सबैभन्दा ठूलो जापोरिझ्या आणविक केन्द्रको अनुगमन गर्दै संयुक्त राष्ट्रसंघ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 894
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघका निरीक्षकहरू अहिले युरोपकै सबैभन्दा ठूलो आणविक केन्द्र मानिने युक्रेनको जापोरिझ्या आणविक उर्जा केन्द्रको अनुगमनमा छन् ।

    रुसी फौजको नियन्त्रणमा रहेको यस स्थानमा आणविक दुर्घटना हुनसक्ने चेतावनी दिँदादिँदै पनि महिनौँदेखि यस क्षेमामा गोलाबारूद प्रहार हुँदै आएको छ ।



    किभले रुसले पुनः यस क्षेत्र नजिक आक्रमण गर्न थालेको बताएपछि निरीक्षण टोली युक्रेनी रेखा पछाडिको चेकप्वाइन्टमा रोकिनु परेको थियो । युक्रेनको राष्ट्रिय आणविक सञ्चालकले आक्रमणको कारण सो आणविक केन्द्रका एउटा भट्टी बन्द गर्न बाध्य भएको बताएको छ ।



    संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय उर्जा निकायबाट आएको यस मिसनका प्रमुख राफाएल ग्रोस्सीले आफ्नो टोली ढिलै भएपनि साइट निरीक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    आणविक केन्द्र नजिकको सहर एनेरहोदारका मेयरले रुसले सो क्षेत्रमा गोलाबारूद प्रहार गरिरहेको र सर्वसाधारणहरू मारिएको आरोप लगाएका छन् । तर, रुसले बिहीबार बिहान सो केन्द्र कब्जा गर्न खोज्ने ६० जना युक्रेनी षड्यन्त्रकारी मारिएको बताएको छ ।

    मस्को र किभ दुवैले सो क्षेत्रमा भएको गोलाबारी जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार