Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • डेंगु नियन्त्रण गर्न काठमाडौं महानगरमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

    डेंगु नियन्त्रण गर्न काठमाडौं महानगरमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 927
    SHARES

    काठमाडौं । डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ ।

    महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।



    महानगरको ३२ वडाबाट अभियान सञ्चालन भइरहेको महानगरका स्वास्थ्य प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।



    पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको त्रिपाठीले बताए ।

    डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको महानगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार