Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अनधिकृत संरचना भत्काउँदै ललितपुर महानगर

    अनधिकृत संरचना भत्काउँदै ललितपुर महानगर

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.4K
    SHARES

    ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

    शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो ।



    सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए।



    महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए ।

    महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको उनले बताए ।

    टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो ।अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार