Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अस्ट्रेलियामाथि जिम्बाव्वेको ऐतिहासिक जीत

    अस्ट्रेलियामाथि जिम्बाव्वेको ऐतिहासिक जीत

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 900
    SHARES

    एजेन्सी । जिम्बाव्वेले अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा ऐतिहासिक जीत हासिल गरेको छ । तेस्रो एकदिवसीय खेलमा जिम्बाव्वे ३ विकेटले विजयी भएको हो ।

    अस्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य जिम्बाव्वेले ७ विकेटको क्षतिमा ३९ औँ ओभरमा पछ्यायो । कप्तान रेजिस चाकाब्वाले नटआउट ३७ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए ।



    उनलाई टाडिवानासे मरुमानीले ३५ रन बनाउँदै राम्रो साथ दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिए । यसअघि, रायन बुर्लले ३ ओभरमा १० विकेट खर्चँदै ५ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ सस्तोमा समेटिएको थियो ।



    डेभिड वार्नरले सर्वाधिक ९४ रन बनाए भने ग्लेन म्याक्सवेलले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि एकदिवसीय शृङ्खलामा भएका दुवै खेल अस्ट्रेलियाले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार