Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोटेश्वरका अनधिकृत संरचनामा पनि चल्यो बालेन डोजर

    कोटेश्वरका अनधिकृत संरचनामा पनि चल्यो बालेन डोजर

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनामा डोजर चलाएको छ ।

    आइतबार साँझ महानगरको टोली डोजरसहित कोटेश्वर पुगेको हो । अहिले कोटेश्वर चोक क्षेत्रमा नियम मिचेर संरचना बनाएर व्यवसाय गर्नेहरूलाई महानगरले खाली गराइरहेको छ ।



    नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चोक क्षेत्रमा ओभरल्यापिङ गरेर बनाइएका संरचना हटाइएको जानकारी दिए । यसअघि नै मेयर बालेन शाहले अनधिकृत संरचना नहटाए डोजर चलाउने बताएका थिए ।



    तर, त्यस्ता संरचना नहटाइएपछि महानगरले आइतबार डोजर चलाएको हो । काठमाडौं महानगरपालिकाले यसअघि पनि नयाँ बानेश्वर, सुनधारा, न्युरोड लगायत क्षेत्रका अनधिकृत संरचना भत्काएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार