Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्पको टोकाइबाट युवतीको मृत्यु

    सर्पको टोकाइबाट युवतीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 954
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । विषालु सर्पको टोकाइबाट कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ।



    शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ । मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई पनि यही भदौ १८ गते बिहान सुतिरहेका बेला घाँटीमा सर्पले डसेको थियो ।



    महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार