Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सर्पको टोकाइबाट झापाको हल्दिबारीमा महिलाको मृत्यु

    सर्पको टोकाइबाट झापाको हल्दिबारीमा महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 606
    SHARES

    फाइल तस्विर

    झापा । झापाको हल्दिबारीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

    हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशीको सर्पले डसेर मृत्यु भएको हो।



    उनलाई शनिबार दिउँसो घरमै विषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।



    स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

    श्रीमान् राम राजवंशी, दुई छोरा र दुई छोरीसहित उनी सरस्वती आधारभूत विद्यालय परिसरभित्र बसोबास गर्दै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार