Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु

    सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सर्पले डसेर सिन्धुलीमा एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेका छन् ।



    आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो ।



    त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो ।

    आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार