Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

    सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    रुकुम पश्चिम । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीय सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीय गङ्गी पुनको मृत्यु भएको हो ।

    सुत्केरी २२ वर्षीय विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिनुभएको थियो तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।



    शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो ।



    गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार