Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिट बाँडफाँट न्यायोचित र सम्मानजक रुपमा सम्पन्न हुन्छ : मन्त्री कार्की

    सिट बाँडफाँट न्यायोचित र सम्मानजक रुपमा सम्पन्न हुन्छ : मन्त्री कार्की

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 786
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँट न्यायोचित र सम्मानजक रुपले सम्पन्न हुने बताएका छन् ।

    नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले यस्तो बताएका हुन् । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँट हुने उनले बताए ।



    उनले भने, ‘सिट तीन आधारमा बाँडफाँट हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ ।’



    धेरैभन्दा धेरै आफ्नो दलका प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविक भएको मन्त्री कार्कीले बताए ।

    उनले सिट बाँडफाँटको काम चाँडै सक्नुपर्ने चाप आफूहरुलाई भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार