Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेका कुसियैतलाई हराउँदै सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

    एमालेका कुसियैतलाई हराउँदै सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 804
    SHARES

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्।

    मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले  एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।



    कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१ मत पाए। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन्।



    कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी -४ बाट चुनाव लडेर निर्वाचित भए। त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार