Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनसरी ४ मा कार्की र कुसियैतको कडा प्रतिस्पर्धा, ५७ मतको अन्तर

    सुनसरी ४ मा कार्की र कुसियैतको कडा प्रतिस्पर्धा, ५७ मतको अन्तर

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।

    पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा ५७ मतले मात्रै अगाडि छन्।



    संचार मन्त्रीसमेत रहेका कार्कीले २७ हजार ४ सय ७४ मत प्राप्त गर्दा कुसियैतले २७ हजार ४ सय १७ मत प्राप्त गरेका छन्।



    यहाँ ९८ मतको अग्रता हुँदा कांग्रेस उम्मेदवार कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेपछि दुई दिन मतगणना हुन सकेन।

    उनले गणना सकिएको ६० हजार मत पुनः गणना गर्नुपर्ने माग गरे पनि निर्वाचन आयोगले बाँकी मत मात्रै गन्न निर्देशन दिएपछि मंगलबार विहानबाट मतगणना अघि बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार