Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • म्यादी प्रहरी भर्ना भदौ ३० देखि, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

    म्यादी प्रहरी भर्ना भदौ ३० देखि, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 612
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ ।

    सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।



    भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको डीआईजी राईले बताए । राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।



    छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए । निर्वाचन सुरक्षाबारे पुराना म्यादीलाई थाहा हुने भएकाले पुराना म्यादीहरुलाई नै प्राथमिकता दिइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार