Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै बेड थपियो

    डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै बेड थपियो

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ ।

    अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ ।



    अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले बताए। मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो ।



    बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ ।

    अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ जसमा १ जना गम्भीर अवस्थाका छन् । उनले जनरल वार्डमा १२ बेड भने अहिले खाली रहेको बताए ।

    हाल टेकु अस्पतालमा दैनिक डेंगु क्लिनकमा आउनेको संख्या २०० भन्दा बढी छ भने इमरजेन्सीमा ७० बढी बिरामी आइरहेका छन् ।

    पछिल्लो रिपोर्टअनुसार काठमाडौँ, भक्तपुर,ललितपुरमा गरी झण्डै २३०० जनामा डेंगु पुष्टि भएका छन् ।

    डेंगु ७५ जिल्लामै फैलिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार