Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

    जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 762
    SHARES

    काठमाडौं । जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ।

    एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो।



    नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको बताएको छ।



    हाल जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ।

    कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार