Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बेलायती महारानी एलिजाबेथद्वारा प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

    बेलायती महारानी एलिजाबेथद्वारा प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 849
    SHARES

    एजेन्सी । ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले सत्तारुढ कन्जरभेटिभ पार्टीकी नयाँ नेता मेरी एलिजाबेथ ट्रस (लिज ट्रस) लाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

    मंगलबार स्कटल्याण्डको बाल्मोरल क्यासलमा भेटपछि महारानीले कन्जरभेटिभ पार्टीका लिज ट्रसलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।



    मार्गरेट थ्याचर र टरिजा मेपछि ब्रिटेनको प्रधानमन्त्री हुने ट्रस तेश्रो महिला हुन्। यसअघि प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटिश महारानीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए।



    संसद्‌मा सत्तारुढ दलको नेता भएकाले महारानीले ट्रसलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार