Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारले डेंगु नियन्त्रण गर्न अभियान चलाउने

    सरकारले डेंगु नियन्त्रण गर्न अभियान चलाउने

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 726
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने भएको छ । बुधबार मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो ।

    जसअन्तर्गत डेंगु सार्ने लामखुट्टेको लार्भा खोजिने र नट गर्ने अभियान चलाइने छ ।



    बैठकपछि जारी विज्ञप्तिमा डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक



    श्रव्य तथा श्रव्य–दृश्य सामाग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने तथा रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोवाईल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

    त्यस्तै रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार