Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

    पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

    डब्लुएचओ प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।



    ‘हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौँ । घातक वर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,’ डब्लुएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मान्धरीले भने ।



    पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै नभएको जस्तो बढी देखिएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार