Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डेंगुका कारण कैलालीमा थप एक बालिकाको मृत्यु

    डेंगुका कारण कैलालीमा थप एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 645
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको डेंगुका कारण मृत्यु भएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।



    उनले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी आएको बताए ।



    सिकिस्त बिरामी भएका कारण बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । असअघि धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार