Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रहिनन् बेलायतकी महारानी एलिजावेथ

    रहिनन् बेलायतकी महारानी एलिजावेथ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

    स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको हो । बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।



    उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार