Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबराकी छोरी सृष्टिलाई ऋण तिर्न सार्वजनिक सूचना

    निलम्बित प्रधानन्यायाधीश जबराकी छोरी सृष्टिलाई ऋण तिर्न सार्वजनिक सूचना

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 882
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सृष्टि राणाले लिएको ऋण कर्जा चुक्ता गर्नका लागि लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सार्वजनिक सूचना जारी गरेको छ ।

    उक्त सहकारीबाट लिएको कर्जाको समय–समयमा बुझाउनु पर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेको, सम्पूर्ण कर्जाको भाखासमेत नाघी कर्जा सम्बन्धी शर्त बन्देजहरू उल्लंघन गरेको भन्दै २१ दिने सूचना जारी गरिएको हो ।



    कर्जा रकम चुक्ता गर्न ऋणी तथा जमानी बस्नेहरूलाई पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि कुनै चासो नदेखाई बेवास्ता गरेको भन्दै उक्त सहकारीले राणाको नाममा २१ दिने सूचना जारी गरेको हो ।



    उक्त सूचनाको म्यादभित्र कर्जा चुक्ता नगरे संस्थाको नाममा दृष्टिबन्धक पारित गरिदिएको धितो (घरजग्गा) लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपर गरिने चेतावनीसमेत दिइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार