Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मंसिर ४ पछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

    मंसिर ४ पछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्छ : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गतेपछि पुन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

    काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।



    उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रा–गह्रामा सुरुङ खन्ने काम नगर्ने बताए ।



    पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए । रणनीतिक महत्वका सडकहरू केपी ओलीको नेतृत्वमा शुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे ।

    उनले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार