Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपालमा सात हजारभन्दा बढीमा डेंगु संक्रमण

    नेपालमा सात हजारभन्दा बढीमा डेंगु संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ ।



    लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र सुदूरपशिचममा १८८ जनामा संक्रमण देखिएको छ ।



    महाशाखाका अनुसार हालसम्म डेंग संक्रमणबाट दुईजनाको मृत्यु भएको तथ्यांक छ ।

    डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार