Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले पोले ओली र पौडेलको नाम

    सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले पोले ओली र पौडेलको नाम

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम जोडेका छन्।

    महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले ओली र पौडेलको सहयोगका कारण आफूले ठेक्का सदर गरेको जिकिर गरेका हुन्।



    जवाफ दिने क्रममा राणाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् । सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिएका थिए ।



    तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको सहयोगले नै ठेक्का सदर गरेको जबराले बयानमा बताएका समितिको बयानपछि समिति सदस्य मीन विश्वकर्माले बताए ।

    उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।’

    सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको र बयानका क्रममा जबराले त्यसलाई स्वीकार गरेको विश्वकर्माले बताए ।  सर्वोच्च अदालतको भवन निर्माणका क्रममा जबराले अधिकारबाहिर गएर भवन निर्माणसम्बन्धी ठेक्का सदर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार