Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आयो : ईश्वर पोखरेल

    न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आयो : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 744
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन्।

    सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।



    उनले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताए ।



    मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे।

    उनले राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार