Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 516
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।



    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् ।

    जसमध्‍ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार