Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोविन्द केसीको अनसनस्थलमा असई साउँदको कमाण्डमा सुरक्षा टोली खटाइयो

    गोविन्द केसीको अनसनस्थलमा असई साउँदको कमाण्डमा सुरक्षा टोली खटाइयो

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.1K
    SHARES

    कैलाली । डाक्टर गोविन्द केसीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको छ । सोमबारदेखि विभिन्न माग राख्दै कैलालीमा अनसन शुरु गरेका डाक्टर केसीको सुरक्षाका लागि सो स्थानमा सुरक्षाकर्मी खटाइएको हो ।

    डाक्टर केसीले अनसन सुरु गरेको श्रीकृष्ण मन्दिर धर्म सत्संग समितिको धर्मशाला भवनमा प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक उत्तरसिंह साउदको कमाण्डमा तीन जनाको प्रहरी टोली सुरक्षाका लागि परिचालन गरेको हो ।



    प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले टोलीलाई चौबिसै घण्टा सुरक्षा दिनका लागि खटाइएको जानकारी दिए ।



    डाक्टर केसीले धर्मशाला भवनको १०८ र १०९ नम्बरको कक्षमा बसेर सोमबारदेखि आफनो २०औं अनसन सुरु गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार