Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोविन्द केसीको अनसनविरुद्ध धनगढीमा प्रदर्शन

    गोविन्द केसीको अनसनविरुद्ध धनगढीमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 729
    SHARES

    धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ ।

    चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो ।



    संघर्ष समितिले डा.केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा.केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् ।



    सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए ।

    तर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उनी धनगढी आएर अनसन बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार