Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चोलेन्द्रको बयान आज सक्ने समितिको तयारी, ८ प्रश्नको जवाफ बाँकी !

    चोलेन्द्रको बयान आज सक्ने समितिको तयारी, ८ प्रश्नको जवाफ बाँकी !

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 729
    SHARES

    काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

    बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ । सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ।



    जबराविरुद्ध ४३ वटा उजुरी परेका छन् । ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ । जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए । त्यसपछि उनी निलम्बनमा छन्।



    समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ। गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार