Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्थानीय निर्वाचनमा अन्तरघात गरेको भन्दै मन्त्री चौधरी पार्टीबाट निलम्बित

    स्थानीय निर्वाचनमा अन्तरघात गरेको भन्दै मन्त्री चौधरी पार्टीबाट निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 1.4K
    SHARES

    सिमरा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ ।

    नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीलाई अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गरेको हो । बारा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको समितिले आरोप लगाएको छ ।



    यस्तै समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ ।



    उनीहरूमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ। उनीहरुलाई निलम्बल गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको अनुशासन समितिका संयोजक अरुणकुमार यादवले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार