Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • खानेपानी मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    खानेपानी मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

    स्पष्टीकरण पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफै उपस्थित वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको हो ।



    ‘प्रस्तुत सन्दर्भमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को देहाय (क) मा नेपाल सरकारका मन्त्रीहरुले चुनावी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था रहेको सन्दर्भमा तपाईले चुनाव प्रचार प्रसारका लागि सरकारी (रातो तथा निलो) नम्बर प्लेट भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरेको हो होइन ? यदी निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी तपाईबाट उक्त कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम तपाईलाई किन कारवाही गर्नु नपर्ने हो ?’ स्पष्टीकरण सोधिएको पत्रमा भनिएको छ।



    मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार