Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अख्तियारको फन्दामा पर्दै खानेपानीमन्त्री चौधरी

    अख्तियारको फन्दामा पर्दै खानेपानीमन्त्री चौधरी

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 882
    SHARES

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीको सचिवालयले प्रयोग गर्ने गरेका सवारी साधन र इन्धनको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि माग गरेको छ । केही समयअघि सार्वजनिक सञ्चार माध्यममा सरकारी सवारी साधनको मन्त्री र सचिवालयले दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले चासो राखेको छ ।

    खानेपानी मन्त्रालय स्रोतका अनुसार अख्तियारले केही दिनअघि उक्त विवरण माग गरेको थियो । स्रोत भन्छ–इन्धन प्रयोगबारे हालसम्मको लगबुक समेत प्रमाणित गरेर विवरण पठाउन भनिएको छ । सोही बमोजिम मन्त्रालयले लगबुकसहितको विवरणसमेत बुझाएको बताइएको छ । आधा दर्जन भन्दा बढी सवारी साधन मन्त्रीले दुरुपयोग गरेपछि अख्तियारले चासो राखेको हो ।



    त्यसैगरी मन्त्रालयभित्र सरुवा, नियुक्ति र कार्यक्रममा कमिसन र घुस माग्ने कार्यमा मन्त्री र उनका निजी सचिव शशी लम्साल संलग्न भएको भन्ने उजुरीका आधारमा अख्तियारले खानेपानी डिभिजन कार्यालय वीरगञ्ज र जनकपुर कार्यालयका प्रमुखलाई पत्राचार गर्दै गत वर्षको कार्यक्रम र खर्चको विवरण पठाउन ताकेता गरिएको छ ।



    त्यसैगरी मन्त्री चौधरीले स्यालो ट्युबेल वितरणमा विवरण सूचीमात्रै तयार पारेर सामग्री वितरण नगरेको भन्दै अख्तियारमा अर्को उजुरी परेको छ ।

    मन्त्रालय स्रोत भन्छ, यसबारेमा पनि अख्तियारबाट मौखिक ताकेता भइरहेको छ । खानेपानी मन्त्रालय यतिसम्म बदनाम हुन पुगेको छ कि कर्मचारीको विदेश मनोनयनमा पनि मन्त्री चौधरीले अग्रिम थैली माग्ने गरेको र सोही आधारमा मात्रै कर्मचारी छानिने गरेको बताइन्छ ।

    सचिवस्तरीय निर्णयबाट हुनुपर्ने मनोनयनमा पनि निजी सचिव लम्सालमार्फत् रकम असुलेर मात्रै मनोनयन गर्ने गरिएको स्रोतले बताएको छ । कार्यक्षमतामा अब्बल मानिएका सचिव भए पनि अहिले खानेपानीमा गएपछि मन्त्रीका भक्त भएका छन् ।

    मन्त्रीले जस्तोसुकै गैरकानुनी काम ल्याए पनि हुन्छ भनेर अगाडि बढाउने गेलालले कर्मचारीको पक्षमा नबोल्दा कर्मचारी नै रुष्ट हुन पुगेका छन् । दृष्टि साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार