Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • खगराजको प्रश्न – गुठी विधेयकविरुद्ध माइतीघरमा उत्रिनेहरू के गर्दैछन् ?

    खगराजको प्रश्न – गुठी विधेयकविरुद्ध माइतीघरमा उत्रिनेहरू के गर्दैछन् ?

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 684
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार गुठीको समस्या समाधान गर्नका लागि उदासीन भएको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले गुठी समस्या समाधान गर्न सरकारले के कस्तो पहल गर्दैछ भनेर जवाफ पनि माग गरेका हुन् ।



    उनले भने, ‘ओली सरकारको पालामा हामीले गुठी सम्बन्धी विधेयक छलफलमा ल्यायौँ । अहिले पनि धादिङमा श्री ५ को वायुको गुठी छ । पलाञ्चोक, म्याग्दीलगायत विभिन्न स्थानमा गुठीको समस्या छ ।



    तर गुठीको समस्या समाधान गर्न सरकार उदासीन छ । हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयक भड्काउन माइतीघर मण्डलाको जुलुसमा सामेल हुनेहरू आज सरकारमा हुनुहुन्छ । उहाँहरू के गर्दै हुनुहुन्छ, जवाफ चाहियो ।’

    अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सिफारिस गरेको विकास योजनालाई सरकारले रोक्ने र बजेट नदिने काम गरेको आरोप पनि लगाए । उनले सरकार विकास विरोधी भएको बताउँदै यसरी प्रतिशोध साँध्ने काम गरे जनताले जवाफ दिने चेतावनी पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार