Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

    अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ।

    टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न १५ फिट खन्दा हल परिसरमा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।



    नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।



    यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।

    केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो।

    अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार