Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बनस्थलीका अवैध संरचनामा पनि चल्यो काठमाडौं महानगरको डोजर

    बनस्थलीका अवैध संरचनामा पनि चल्यो काठमाडौं महानगरको डोजर

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थलीस्थित ढुंगेधाराको अवैध संरचनामा डोजर चलाएको छ । नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो ।

    शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।



    काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।



    महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो ।

    अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार