Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन : चण्डेश्वर श्रेष्ठ

    न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन : चण्डेश्वर श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 732
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफ्नो चलखेल नभएको दावी गरेका छन्।

    बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दावी सहि हो भने सिसीटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरेका हुन्।



    बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे आफू पेसा छोड्न तयार रहेको बताए ।



    उनले आफु ७१ वर्षको भएको र चोलेन्द्र शमशेरभन्दा निकै अगाडिदेखि वकालत पेशामा आबद्ध रहेको बताउँदै न्यायाधीश नियुक्तिमा चलखेल गरेको भए कारबाही भोग्न तयार रहेको बताए ।

    बयानका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश नियु्क्तिमा श्रेष्ठको पनि चलखेल रहेको आरोप लगाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार