Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ हजार बढी संक्रमित

    डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ हजार बढी संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 999
    SHARES

    काठमाडौं । नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो ।



    डेंगुका कारण १३ जनाको मृत्यु भएको छ ।



    अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा तीनहजार ८०३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ८०८ र भक्तपुरमा ४८० जनामा संक्रमण पुष्टि भएको छ ।

    उपत्यकाबाहि मकवानपुरमा एक हजार ३३१ तथा रूपन्देहीमा ६३० जनामा संक्रमण देखिएको छ ।

    महाशाखाका अनुसार यो वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।

    डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार