Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महाभियोग समिति प्रत्येक पाना पढेर सुनाउँदै, चोलेन्द्र हस्ताक्षर गर्दै

    महाभियोग समिति प्रत्येक पाना पढेर सुनाउँदै, चोलेन्द्र हस्ताक्षर गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 744
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमा दिएको अडियो भिडियो बयानको उतार पुनः पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्ने बताएपछि सोही अनुसार हस्ताक्षरको क्रम चलिरहेको छ ।

    सिफारिस समितिमा जबराले भदौ १५ देखि २८ गतेसम्म दिएको बयानलाई समितिले उतारेको थियो । सोही उतार (भर्बेटम) पत्रमा राणाले हस्ताक्षर गरेका हुन् ।



    बिहान नौ बजेदेखि बसेको समितिको बैठकमा कागजमा उतारिएको बयान आफूले सुनेरमात्रै हस्ताक्षर गर्ने अडान राखेपछि प्रत्येक पेज पढ्दै सुनाएपछि मात्रै हस्ताक्षर गर्दा ढिलाइ भएको हो ।



    संसद्को कार्यकाल भोलि असोज १ गते राति १२ बजेसम्म रहने भएकाले महाभियोग टुंग्याउन समितिलाई समय कम छ । तर समितिले समयभित्रै प्रतिवेदन बनाएर संसदमा पेश गर्ने जनाउँदै आएको छ ।

    भोलि संसद्को अन्तिम बैठक राखेर चोलेन्द्रमाथिको महाभियोग टुंगोमा पुर्‍याउने संसद् सचिवालयको तयारी छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार