Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चोलेन्द्रशमशेरको सम्पत्ति विवरण : ५९ लाख नगद बैंकमा, जग्गा धितो राखी ९ करोड ५०लाख ऋण

    चोलेन्द्रशमशेरको सम्पत्ति विवरण : ५९ लाख नगद बैंकमा, जग्गा धितो राखी ९ करोड ५०लाख ऋण

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 777
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ।

    न्याय परिषदले महाभियोगबारे छानबिनका क्रममा प्रमाणका रुपमा महाभियोग सिफारिस समितिलाई चोलेन्द्रको सम्पत्ति विवरण उपलब्ध गराएको हो ।



    न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको जनाएको छ । त्यस्तै श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ ।



    उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।

    त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५०लाख ऋण लिएको विवरणमा उल्लेख छ । त्यस्तै सम्पत्ति विवरणमा पुरानै विवरण उल्लेख भएको जनाइएको छ ।

    यस्तो छ चोलेन्द्रको सम्पत्ति विवरण

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार