Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग सिफारिस समितिले सक्यो जबराको बयान , आजै प्रतिवेदन बुझाउने

    महाअभियोग सिफारिस समितिले सक्यो जबराको बयान , आजै प्रतिवेदन बुझाउने

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 762
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकेको छ । शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उनीसँगको बयान सकिएको हो ।

    अब शनिबार नै ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । शनिबार नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ ।



    त्यसैले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने ज्येष्ठ सदस्य विष्टले बताए । प्रतिनिधिसभाको कार्यकाल नै सकिन लागेकाले प्रतिवेदनमाथि छलफल गर्ने सम्भावना कम छ ।



    समितिमा सत्तारुढ दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले जसरी भएपनि प्रतिवेदन तयार गर्नुपर्ने अडान राखेका छन् । एमालेका सदस्यहरुले भने प्राप्त प्रमाण र कागजात अध्ययनपछि मात्रै प्रतिवेदन बनाउन थाल्नुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार