Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अछाम पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो

    अछाम पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 1.1K
    SHARES

    अछाम । विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

    जिल्ला प्रशासन कार्यालय अछामका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ ।



    हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ ।



    प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरोमा परी बेपत्ता छन् । अछाममा पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार