Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महाअभियोग प्रस्तावमा निश्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

    महाअभियोग प्रस्तावमा निश्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 639
    SHARES

    काठमाडौं ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निश्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्यलाई दिइएको छ ।
    महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको हो ।

    शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो ।



    त्यसपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निश्कर्ष लेख्ने जिम्मा दिएको हो ।



    सभापतिले दिएको निश्कर्षमा सबै सदस्यको चित्त बुझेमा एकमतले पारित गरिने र चित्त नबुझेमा पुनः छलफल हुने जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार