Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री पत्नी आरजु डडेलधुराबाट समानुपातिकमा सिफारिस

    प्रधानमन्त्री पत्नी आरजु डडेलधुराबाट समानुपातिकमा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

    सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।



    प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो ।



    यसअघि २०७४ को चुनावमा उनि कैलाली-५बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिईन् ।

    मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार