Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आरजु राणाले भनिन् – विवाहअघि लाइसेन्स लिने व्यवस्था गरौं

    आरजु राणाले भनिन् – विवाहअघि लाइसेन्स लिने व्यवस्था गरौं

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 768
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

    बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै सांसद देउवाले यस्तो बताएकी हुन् ।



    उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।



    सांसद देउवाले भनिन्,‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ।’

    धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै आरजुले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको पनि बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार