Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउने छु : आरजु राणा

    कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउने छु : आरजु राणा

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 798
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएकी आरजु राणा देउवाले कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउने बताएकी छिन् ।

    निर्वाचित भएपछि सभापति राणाले यस्तो बताएकी हुन् । उनले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् ।



    सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका थिए।



    उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन् । संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार