Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देउवा पत्नी आरजुको दिल्लीमा शल्यक्रिया

    देउवा पत्नी आरजुको दिल्लीमा शल्यक्रिया

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 741
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतमा सफल शल्यक्रिया गरिएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको हो।



    आरजुको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको बताइएको छ।



    आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

    उनले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि खटिएका चिकित्सक र मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार