Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालमा सत्ता समीकरण फेरिएपछि नयाँ दिल्ली उडिन् आरजु

    नेपालमा सत्ता समीकरण फेरिएपछि नयाँ दिल्ली उडिन् आरजु

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कृषि सहकारी तथा प्राकृति स्रोत समितिकी सभापति आरजु राणा भारतको राजधानी नयाँ दिल्ली उडेकी छिन् ।

    नेपालमा सत्ता समीकरण फेरिएका बेला पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रेहकी राणा अकस्मात नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।



    शुक्रबार साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट उनी नयाँ दिल्ली उडेकी हुन् । तर दिल्ली जानुको कारण भने खुलेको छैन । सांसद समेत रहेकी उनी केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन् ।



    उनी भारतमै छँदा नेपालमा सत्ता समीकरण फेरिएको थियो । अहिले नेपाली कांग्रेस सत्ता भन्दा बाहिर छ । उनी नयाँ दिल्ली जानुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार