Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • संविधानले मधेसी, थारु जनजातिको भावनालाई सम्बोधन गर्न सकेन : बाबुराम भट्टराई

    संविधानले मधेसी, थारु जनजातिको भावनालाई सम्बोधन गर्न सकेन : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

    संविधान दिवसका अवसरमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।



    उनले भनेका छन्,‘यस संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न चुक्यो । महिलाहरू प्रतिको विभेद कायमै रह्यो’



    अध्यक्ष भट्टराईले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेपनि संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणाली तर्फ संविधान अधुरो रहेको बताए ।

    भट्टराईले विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्सहितको शासकीय स्वरूप जस्ता महत्त्वपूर्ण कुराहरूलाई संविधान संशोधन मार्फत पूर्णता दिनु पर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार