Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाटो फराकिलो गर्ने नाममा घर भत्काउने काम गर्नुहुँदैन : पर्यटनमन्त्री श्रेष्ठ

    बाटो फराकिलो गर्ने नाममा घर भत्काउने काम गर्नुहुँदैन : पर्यटनमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 486
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् ।

    आइतबार विश्वेश्वर महादेव मन्दिर पुनः निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



    उनले काठमाडौं जस्तो सांस्कृतिक शहरमा पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए ।



    उनले भने, ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलेका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने काम गर्नुहुँदैन ।’

    उनले पहिलेका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार