Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पर्यटनमन्त्री श्रेष्ठ भन्छन्- प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ

    पर्यटनमन्त्री श्रेष्ठ भन्छन्- प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 645
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा  काठमाडौँ क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन्।

    गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री उनले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेको बताए।



    मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्न जनताले गठबन्धनलाई आसन्न निर्वाचनमा अत्यधिक मत दिनुपर्ने बताए।



    सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार